दफा ३७
नियुक्तिको लागि सिफारिस गर्ने
(१) दफा ३६ को उपदफा (१) बमोजिमको उम्मेदवारलाई आयोगले योग्यताक्रम अनुसार नियुक्तिको लागि अख्तियारवाला समक्ष सिफारिस गर्नेछ ।
(२) उपदफा (१) बमोजिम सिफारिस गरिएको उम्मेदवारको दफा १४ को उपदफा (३) बमोजिम नियुक्तिको सिफारिस रद्द भएमा वा तोकिए बमोजिमको अन्य अवस्थामा आयोगले योग्यताक्रम अनुसार वैकल्पिक उम्मेदवारलाई नियुक्तिको लागि सिफारिस गर्नेछ ।
(३) उम्मेदवारको नियुक्तिको लागि गरिने सिफारिस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।